काठमाण्डौं । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ ।
मन्त्रालयले आज सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो । अर्थ मन्त्रालयका उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन गरिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गर्न र त्यससम्बन्धमा सरकारले के–के गर्नुपर्ने हो सुझावसहितको प्रतिवेदन तयार पार्ने गरी समितिलाई कार्यादेश दिइएको गृहमन्त्री रवि लामिछानेका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए ।
आचार्यले मङ्गलबार बानेश्वरमा आत्मदाहको प्रयास गरी घाइते भएकामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको बाटुलेचौरमा परम्परागत रुपमा हुँदै आएको तीज मेलाले यस बर्ष पनि निरन्तरता…





