बालुवाटार पुगरे रविले बुझाए राजीनामा


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

शुक्रबार सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका लामिछानेले साँझ प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए ।

लामिछाने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा ३२ दिन अघि उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

सर्वोच्च अदालतले शुक्रबार उनको नागरिकता अवैध ठहर गर्दै विपक्षमा फैसला सुनाएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।