साङ्केतिक तस्विर
तनहुँ जिल्लाको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित जनजागृति गङ्गा माध्यमिक विद्यालयमा एक शिक्षक राख्न अक्षयकोष स्थापना गरिएको छ ।
सोही वडास्थित आँपस्वाँरा सामुदायिक दलित होमस्टे र हेमसन इष्टिच्युटको सहकार्यमा रु आठ लाख २४ हजार एकको अक्षयकोष स्थापना गरिएको हो । विद्यालयको ५१ औँ वार्षिकोत्सव एवं अभिभावक भेलाको अवसरमा होमस्टेका अध्यक्ष रेशमबहादुर विकले विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
विद्यालय र होमस्टेको नाउँमा राखिएको अक्षयकोष रकमबाट प्राप्त हुने ब्याजले विद्यालयमा निजी स्रोतका शिक्षक राखेर पठनपाठनमा सहज बनाउने लक्ष्य रहेको छ ।
तल्लो तहका विद्यार्थीलाई गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यले दक्ष शिक्षक राखेर पठनपाठन कार्यलाई सहज बनाउने योजना रहेको छ । उनले भने, “सुरु कक्षाको शैक्षिक गुणस्तर राम्रो भयो भने माथिल्ला कक्षामा राम्रो प्रभाव पर्नसक्ने विश्वास गरिएको छ । ” उक्त विद्यालयमा अहिले करिब रु १७ लाखको अक्षयकोष स्थापना गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशमबहादुर विकले जानकारी दिए ।
उक्त विद्यालयमा दलित, जनजाति, गरिब र विपन्न समुदायका गरी दुई सय १३ विद्यार्थी अध्ययनरत छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






