प्रधानमन्त्रीद्वारा शहीदप्रति सम्मान अर्पण


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गरेका छन् ।

आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गरे । शहीद दिवसका अवसरमा शान्ति वाटिकादेखि लैनचौरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदको त्याग र बलिदानबाटै सम्भव रहेको बतौका थिए । यस्तै, प्रधानमन्त्रीले आजै गोकर्णस्थित जगडोलमा निर्माण गरिएको शहीदपार्कको उद्घाटन गर्ने कार्यक्रम छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।