साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेर एक लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९ सय रुपैयाँ पुगेको थियो ।तेजावी सुन प्रतितोला एक लाख ७ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार २५ रूपैयाँले बढेर १ हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







