पार्किङ निषेध अव्यवहारिक भएको पोखराका व्यवसायीहरुको निष्कर्ष

- निर्णय सच्चाउन व्यवसायीको माग


     एभरेस्ट आवाज    
     माघ १९ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाले मुख्य सहरी क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय अव्यवहारिक भएको उद्योगीहरुले बताएका छन् ।

माघ २३ गतेबाट पोखराका मुख्य सहरी क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय अव्यवहारिक भएको पोखराका उद्योगी/व्यवसायीहरुले बताएका हुन । उनीहरुले पार्किङ निषेधको निर्णयले मन्दीको मारमा रहेका व्यवसायीहरु थप मर्कामा पर्ने र व्यवसायबाटै विस्थापित हुने जोखिम बढेको निष्कर्ष पनि निकालेका हुन् ।

व्यवसायीहरुको भेलाले ट्राफिक व्यवस्थापनमा सुधार गर्न, उचित विकल्पसहित पार्किङ स्थलको व्यवस्था गर्न माग गर्दै पोखरा महानगरपालिकालाई निर्णय सच्याउन अनुरोध गर्ने निर्णय गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार उद्योगी/व्यवसायीहरुले आउँदो आइतबार निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।