रास्वपा बैठक जारी, सरकारबारे निर्णय लिने


     एभरेस्ट आवाज    
     माघ २१ गते २०७९ मा प्रकाशित




माघ २१ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको आकस्मीक बैठक जारी रहेको छ । पार्टीले गत बिहीबार गृहमन्त्रालयबारे निर्णय लिन दिएको २ दिनको समय सकिएसँगै आकस्मीक बैठक बोलाएको हो ।

केहीबेर अगाडीबाट शुरु भएको बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गर्न सक्ने पार्टीका एक नेताले जानकारी दिए ।

बिहीबार बसेको पार्टीको संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकपछि रास्वपाले गृह मन्त्रालयबारे निर्णय लिन २ दिनको समय दिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।