नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र -सिनास र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा ‘नेपाल र जापानको राजनीति, राजनीतिक दल र आवधिक निर्वाचन’का विषयमा सोमबारदेखि काठमाडौंमा सेमिनार सुरु भएको हो ।
सेमिनारको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बाँसकोटाले नेपाल जापानको सम्बन्ध र नेपालको विकासमा जापानले गरेको सहयोगका विषयमा जानकारी गराएका थिए । उनले नेपाल र जापनबीचको सम्बन्ध विगतदेखि नै सुमधुर रहँदै आएको बताए ।
सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले नेपालले जापानको राजनीति र आर्थिक विकासबाट धेरै कुरा सिक्न सकिने बताएका थिए ।
सोमबारदेखि सुरु सेमिनारमा राजनीतिक अस्थिरताकाबीच पनि जापानको आर्थिक विकासका विषयमा छलफल हुनेछ । नेपालका लागि जाइकाका प्रतिनिधि ओकुबो अकिमित्सुले जापान–नेपालको आपसीसम्बन्ध र जाइकाले नेपालमा गरेको सहयोगका विषयमा चर्चा गरेका थिए ।
सेमिसनारमा दुई देशको राजनीतिक अवस्था, आवधिक निर्वाचन, आर्थिक र राजनीतिक परिवर्तनका विषय केन्द्रित बहस हुनेछ । सिनासका कार्यकारी प्रमुख कार्कीका साथै जापानको टोकियो विश्वविद्यालयबाट कार्यपत्र प्रस्तुत हुनेछ ।
यसका साथै सम्बन्धित विषयमा अध्ययनरत विद्यार्थीले नयाँ आयामका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्ने त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर रत्नमणि नेपालले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







