‘आतुरकाल’को फस्ट लुक्स सार्वजनिक


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७९ मा प्रकाशित




माघ २५ पोखरा । इन्द्रेणी थिएटरको प्रस्तुति र केदारनाथ पौडेलद्वारा लिखित नाटक ‘आतुरकाल’को फस्ट लुक्स सार्वजनिक भएको छ ।

यही फागुन ५ देखि ११ गतेसम्म पोखरा थिएटरमा प्रस्तुत हुने नाटक ‘आतुरकाल’को फस्ट लुकको साजर्वजनिक गरिएको हो ।

कपिल शर्माले निर्देशन गरेको नाटकमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र बिनोद पौडेल लगायतका कलाकारलाई देख्न पाइने इन्द्रेणी थियटरका व्यवस्थापक दिपेन्द्र पौडेलले जानकरी दिए । नाटलाई लक्ष्मण डुम्रेले सह निर्देशन गरेका छन् ।

आतुरकालको पोष्टर सार्वजनिक गर्दै निर्देशक कपिल शर्माले फरक–फरक अनुभूति गर्ने रहरले यो बनेको बताउदैं विशेषगरि नेपाली समाजको जरैसम्म पुगेर नाटक लेख्न सिपालु केदार नाथ पौडेलको यो अर्को उदाहरण भएको जानकारी दिए ।

‘आतुरकाल’ विशेषतः गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक भएको उनले बताए । शर्माले भने, ‘केदार नाथ पौडेल पछिल्लो पुस्ताका चर्चित नाटककार हुन् । उनको पहिलो चर्चित नाटक घेरो र धनिरामको गोरुमा निर्देशन गर्ने मौका पाएको थिए ।’ उनले थपे, ‘पोखरेली दर्शकले माया गर्नेमा विश्वस्त छु ।’

नाटकमा नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ–आफ्नै सभ्यताहरू छन् । एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्ने एउटा सन्तान, एउटा बाबु र एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्ने विषयबस्तु समेटिएको जनाए ।

लेखक केदारनाथ पौडेलले नाटक लेख्दाको अनुभव सुनाउँदै भने, ‘थुप्रै म भावविह्वल भएको छु । देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किए, थुप्रै व्यवस्था बदलिए तर आत्मा र शरिरले सुखको अनुभुती गर्न नपाएका, जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुगेकोहरुका पिडा, दुख र सङ्घर्षको पहाड ‘आतुरकाल’ हो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।