उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने


     एभरेस्ट आवाज    
     माघ २६ गते २०७९ मा प्रकाशित




उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

अध्यक्ष ओली निवास बालकोटमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बोलाउन दुवै नेता सहमत भएका थिए ।

सरकारलाई सघाउन भन्दै ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।