माघ २६ पोखरा । सफल अन्तराष्ट्रिय पोखरा म्याराथन प्रतियोगितालाई वडा नम्वर १५ वासीले सघाउने भएका छन् ।
बिहीबार पोखरा १५ मा आयोजित एक कार्यक्रममा उनीहरुले नेपाल भूतपूर्वक खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ६ गते शनिबार हुने प्रतियोगितालाई सघाउने प्रतिवद्धता व्यक्त गरका हुन् ।
कार्यक्रममा बोल्दै वडा नम्वर १५ का पूर्व वडाध्यक्ष प्रकाश पौडेलले म्यारथनलाई पोखराको गौरव भएको भन्दै यसलाई सफल बनाउन वडा नम्वर १५ वासीलाई आग्रह गरे । उनले म्यारथनमा सहभागी धावकहरुलाई आ–आफ्नो घर नजिक स्वागतदवार, व्यानर र घडाले स्वागत गरी उनिहरूको मनोवल बढाउनुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा अल्कपुर टोलविकास संस्थाका अध्यक्ष लोकनाथ ढकाल, नागबेलीमार्ग सृजनशिल आमासमूहका अध्यक्ष सफी खाँण, अल्कापुरी आमा समूहका अध्यक्ष श्रीता कँडेल लगायतले म्याराथनलाई धावकहरुलाई आफ्नो टोलमा आउँदा व्यानर, दोहोरो कलश, राष्ट्रि झण्डासहित स्वागत गर्ने तयारी गरिरहेको बताए ।
कार्यक्रममा प्रतियोगिताका संघसंस्था समन्वय उपसमिति सहसंयोजक उत्तम जोशीले म्याराथनलाई सफल बनाउन टोल विकास संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताए । उनले म्याराथनले पर्यटन क्षेत्रमा पनि सघाउ पु¥याउने भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल भूतपूर्व (भूपू) खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते पोखरामा आयोजना हुने १७ औं संस्करणको प्रतियोगितामा खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलोमिटर हाफ म्याराथन महिला प्रतियोगिता हुने छ ।
महिला/पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र÷छात्रा ५ किमि, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड र ‘रन फर फन’ समेत आयोजना हुने छ ।
खुला म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







