नेतृत्व क्षमतालाई प्रतिष्ठाको विषय बनाऔँ : उपप्रमुख गुरुङ


     एभरेस्ट आवाज    
     माघ २६ गते २०७९ मा प्रकाशित




माघ २६ पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुले गहना र लुगा लगाउने विषय नभई नेतृत्व क्षमतालाई सामाजिक प्रतिष्ठाको विषय बनाउनुपर्ने सुझाव दिएकी छन् ।

पोखरा महानगरपालिका वडा नम्वर ९ को वडास्तरीय महिला सञ्जालले आयोजना गरेको उद्घोषण तालिमको उद्घाटन गदै आर्थिक रुपमा आत्मनिर्भर बन्ने विषयमा ध्यान दिनुपर्ने बताउदै भनिन्, “हामी महिलाहरु धेरै गहना र महंगा कपडा लगाउने विषयलाई मात्र प्रतिष्ठाका रुपमा सोच्छौ, अब त्यो सोच परिर्वतन गरेर ब्यवसायीक रुपमा सबल र सक्षम हुदै सामाजिक, राजनीतिक र आर्थिक रुपमा समाजमा स्थापित हुने विषयलाई प्रतिष्ठानको रुपमा लिनुपर्छ ।” उनले महिलाहरुमा कानूनी ज्ञान र आफना अधिकार बारे जानकार हुर्नुपर्ने बताउदै कानूनको अज्ञानता क्षम्मे नहुने बताइन् ।

उपप्रमुख गुरुङले महिलाका धेरै अधिकार संविधानमा लेखिएको बताउदै अव त्यसको कार्यान्वयन गर्नुपर्ने खाँचो औल्याइन् ।

विगतमा भन्दा महिलाहरुमा परिर्वतन आएपनि सोचे जस्तो नभएको बताउदै भनिन्, २०१७ सालमा आइमाई दिवसका रुपमा सुरु भएर नारी दिवस र अहिले महिला दिवसका रुपमा आएको बताइन् । उनले गलत संस्सकारलाई परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै परिर्वतन आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा वडा नम्वर ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, निर्वतमान वडा अध्यक्ष रामराज लामिछाने, वडा सदस्य एवं न्यायिक समिति सदस्य भावना श्रेष्ठ, वडास्तरीय महिला सञ्जालका उपाध्यक्ष सरिता बास्तोला लगायतले बोलेका थिए ।

कार्यक्रम वडास्तरीय महिला संञ्जालका अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको थियो भने तालिममा प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सेना पंगेनीले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।