‘भ्यालेनटाईन डे’ को दिन रानिवन आर्केडमा धर्मेन्द्र सेवानको विशेष प्रस्तुति


     एभरेस्ट आवाज    
     माघ २८ गते २०७९ मा प्रकाशित




पोखरा २८ माघ
पोखरा लेकसाइड गौरीघाट स्थित होटल रानीवन आर्केड तथा क्वीन फरेष्ट रेष्ट्रो वारले प्रणय दिवस (भ्यालेनटाईन डे को दिन विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ ।
रानीवन आर्केडले वसुधैव कुटुम्बकम (the world is one family) भन्ने नाराका साथ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि भ्यालेनटाईन डे को दिन फेब्रअरी १४ अर्थात फागुन २ गते विशेष कार्यक्रम गर्न लागेको हो । सो दिन नेपालका ख्याती प्राप्त कलाकार धर्मेन्द्र सेवान र उनको टोलीले विशेष साँगितिक कार्यक्रम गर्ने होटलका संचालक हरि भुजेलले जानकारी दिए ।

उनका अनुसार कर्णप्रीय संगीतको माध्यमबाट युवा युवती , युगल जोडी र परिवारलाई मनोरन्जन दिन साँझ ५ बजे पछी पुर्ण पारिवारिक वातावरणमा मनोरञ्जन प्रदान गरिनेछ । सांगीतीक कार्यक्रमसंगै विभिन्न परिकारका व्यन्जन र पेय पदार्थसंगै रमाइलो वातावरणमा आफन्त, परिवारजनसंग रमाउन मिल्ले वातवरण व्यवस्था गरेको कुरा अर्का संचालक एवम् कार्यक्रम संयोजक कुशबहादुर भुजेलले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुनकालागि टिकट अनिवार्य गरिएको होटलले जनाएको छ। प्रत्येक टिकटमा २ जनाको लागी बफेट खाना र पेय पदार्थको ब्यबस्था गरिएको र लक्की ड्र मार्फत ३ जना विजेतालाई होटलले विशेष प्याकेजको उपहारको पनि ब्यबस्था गरिएको भुजेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।