माघ २८ पोखरा । पोखराको लेकसाइडस्थित सेन्टर भवनमा शनिबार भएको आगलागीका कारण पर्यटन व्यवसायी अग्नी कँडेलले सञ्चालन गरेको स्टोर्समा करोडौं क्षति पुगेको छ ।
पोखरा– ६ लेकसाइडस्थित सेन्टर भवनमा आइतबार अपरान्ह भएको आगलागीका कारण कँडेलले सञ्चालन गर्दै आइरहेको नाशा ट्रेकिङ स्टोर्समा करोडौं क्षति पुगेको नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकीका उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए ।
नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य समेत रहेका कँडेल र नर्मदा कँडेलले संयुक्त रुपमा सञ्चालन गरेको स्टोर्समा आगलागीबाट ६ करोड बढीको क्षति पुगेको उपाध्यक्ष आचार्यले दावी गरे । उनले भने, ‘दाईले सञ्चालन गरेको ट्रेकिङ स्टोर्समा टे«किङका महङ्गा ब्राण्डका ज्याकेट, जुत्ता, झोला, टेन्ट, अक्सिजन लगायत आवश्यक सबै सामाग्रि थिए । ति सबै आगो र धुवाले ध्वस्त भए ।’ आगलागीबाट पसलका केही सामान जोगाउन सकिएपनि अधिकांश सामान काम लाग्ने अवस्थामा नरहेको उनले जानकार दिए । आचार्यका अनुसार आगलागीका कारण सो भवनको अन्डर ग्राउण्डमा रहेको गोदाममा राखिएका सबै सामान सबै सामान जलेर नष्ट भएका छन् । उनले भने, ट्रेकिङ सिजनलाई मध्यनजर गर्दै ल्याइएका सामान र न्यू इयरमा लक्षित सामानहरुपनि थिए, अप्रत्याशितरुपमा आगलागी हुँदा सबै जले, केही सामान जोगाइएपनि अधिकांश काम नलाग्ने अवस्थामा छन् ।’
सो भवनमा सेलवेज डिपार्टमेन्टल स्टोर्स, बित्तीय संस्था, बैंकका एटिमहरु, लाउन्ज वार, टे«किङ सप र रेस्टुरेन्ट लगायतका व्यवसायिक संस्था छन् ।
आगलागीले भवनको अन्डरग्राउण्डमा रहेको ट्रेकिङ स्टोर्सको गोदाम सहित सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाममा पूर्ण रुपमा क्षेति पुगेको कास्की प्रहरीले जनाएको छ ।
अपराह्न ४ बजे शुरु भएको आगो करीब सवा दुई घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानियलगायतले वारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए । आगलागि नियन्त्रणका लागि पोखरा महानगरपालिका, पोखरा विमानस्थललगायतको ५ वटा वारुणयन्त्र र १०/१२ वटा पानी ट्रयाङ्करसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
आगलागीका समयमा कर्मचारी तथा ग्राहकहरु भएपनि मानवीय क्षेति भने नभएको प्रहरीले जनाएको छ । आगलागीका समयमा मानिसको ठूलो भीड लागेको थियो । आगलागी भएको क्षेत्रमा प्रहरीले जान दिएको थिएन भने भीड नियन्त्रणपनि प्रहरीले ध्यान दिएको थियो ।
आगलागीका कारण अन्य कति क्षेति भयो भन्ने बारे यकीन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







