पोखरामा पनि जनयुद्ध दिवस मनाईने


     एभरेस्ट आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित




पोखरा, माघ २९

पोखरामा पनि जनयुद्ध दिवस मनाईने भएको छ । नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको आयोजनामा जनयुद्ध दिवसको दिन भोलि फागुन १ गते सोमबार कास्कीको पोखरामा जनयुद्ध दिवस मनाईने भएको हो ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिको कार्यालय परिसरमा सोमबार विहान ८ बजेदेखि जनयुद्ध दिवस विशेष कार्यक्रम गरिने नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिका सचिव जनकराज पराजुलीले जानकारी दिए । सो अवसरमा आपसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने उनले बताए ।

कार्यक्रम गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानको प्रमुख आतिथ्यतामा हुने सचिव पराजुलीले बताए ।

जनयुद्ध दिवस कास्कीका अन्य पालिकाहरुलेपनि छुट्टाछुट्टै कार्यक्रम गरेर मनाउँदैछन् । कास्कीको माछापुच्छ«े गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपालिका र मादी गाउँपालिकाले जनयुद्ध दिवस मनाउने तयारी गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।