माघ २९ पोखरा । २७ औं जनयुद्ध दिवसको अवसर पारी दोश्रो कालीमाटी कप सेभेन ए साइड फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ ।
कालीमाटी युवा क्लब पुतलिबजार नगरपालिका ३ कालीमाटी स्याङजाको आयोजनामा फागुन १ देखी ८ गते सम्म स्याङजाको मालेबगर खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक कालीमाटी युवा क्लबका अध्यक्ष शक्ति थापा मगरले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद नेपालको मुख्य प्रायोजक, अखिल नेपाल खेलकुद महासंघ पुतलिबजार नगर कमिटिको सहआयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने दोश्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन ।
त्यसैगरी प्रतियोगितामा २८ टिमको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताका फागुन १ गते सोमबार प्रतिनिधी सभा सदस्य राजु थापाले उद्घाटन गर्नेछन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







