माघ २९ पोखरा । पर्यटन प्रर्वद्धनका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) कास्कीको मिर्सा सामुदायिक होमस्टे पुगेको छ ।
टेवानले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको समन्वयमा गाउँपालिका–१ स्थित मिर्सामा दुई दिने पर्यटन प्रर्वद्धनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा माछापुच्छे्र–१ का वडाध्यक्ष इन्द्र गुरुङले मिर्साको प्रवर्द्धन गर्न सके ग्रामीण अर्थतन्त्रमा टेवा पुग्ने बताए । मिर्साको कला, सँस्कृति, हावापानी, अर्ग्यानिक खानेकुराले पाहुनाको मन लोभ्याउने उनको भनाई थियो ।
पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं टेवानका सल्लाहकार टीकाराम सापकोटाले सहरमा कोलाहल र प्रदूषण बढिरहेको अवस्थामा मिर्साजस्ता गाउँले पर्यटनबाट फाइदा लिनुपर्ने बताए । ‘स्थानीय उत्पादनमा जोड दिएमात्रै होमस्टे दिगो हुन्छ,’ उनले भने, ‘सँगसँगै कनेक्टिभिटीको पनि खाँचो छ । गाउँमा आइसकेका पाहुनालाई भुलाउन नजिकका अरु गन्तव्यको पनि खोजी गरिनुपर्छ ।’
पोखरा पर्यटन परिषद्का द्वितीय उपाध्यक्ष तारानाथ पहारीले मिर्सा गाउँ एकान्त ठाउँमा भएकोले शान्त वातावरण खोज्नेका लागि उपयुक्त गन्तव्य भएको बताए । गाउँ पर्यटन प्रवर्ध्दन मञ्च (भिटोफ) गण्डकीका पूर्वअध्यक्ष समेत रहेका उनले भिजिट गण्डकीको एप्समा मिर्सा गाउँलाई पनि समेट्नुपर्ने सुझाव दिए ।
मिर्सा सामुदायिक होमस्टेकी अध्यक्ष मिरु गुरुङले गाउँमा आउने पर्यटकलाई सिजनअनुसारका अग्र्यानिक खाना खुवाइने बताइन् । उनका अनुसार गाउँमै उत्पादिन गुन्द्रुक, भट्ट, साग, आलु, मुलाको अचार, गोलभेंगाको चट्नी, सेलरोटी, कुरिलो, निगुरो, टुँसा, लोकल कुखुरा, कोदोको रक्सीले पाहुनाको स्वागत गरिन्छ । ‘बसाइसराइले गाउँ रित्तिने देखेपछि होमस्टे सुरु ग¥यौं,’ उनले भनिन्, ‘पूर्वाधार पनि बन्यो तर प्रवर्द्धनको अभावले सोचेजस्तो सफल हुन सकेनौं । बिस्तारै पाहुना बढ्ने आशा लिएका छौं ।’
स्थानीय अगुवा सूर्य गुरुङले गाउँवासीले दुःख गरेर होमस्टे स्थापना गरेकोले पाहुना पठाउन पर्यटन व्यवसायीलाई आग्रह गरे ।
टेवान अध्यक्ष कमला गिरीले पोखराबाट नजिकै रहेर पनि प्रवर्ध्दनको कमीले मिर्सा गाउँ ओझेलमा परेको बताइन् । ‘ग्रामीण परिवेशमा रमाउन पोखराबाट यति नजिकै मिर्सा गाउँ छ,’ उनले भनिन्, ‘अब यो कार्यक्रमले प्रवर्द्धनमा थप टेवा पु¥याउनेमा हामी विश्वस्त छौं ।’ कार्यक्रम संयोजक कमला गुरुङले मिर्साको प्रवर्द्धनमा सर्वपक्षीय प्रयास आवश्यक रहेको बताइन् ।
महासचिव शोभा अधिकारीले मिर्सासम्म पुग्ने बाटोको स्तरोन्नतिमा ध्यान पु¥याउन वडाध्यक्षलाई आग्रह गरिन् ।
दुई दशकअघि शुरु भएको मिर्सा सामुदायिक होमस्टेले २०७५ मा आधिकारिकता पाएको थियो । मिर्सामा हाल १३ घरमा होमस्टे छन् । होमस्टेले एकै पटक ५० जनासम्मलाई थेग्न सक्न छ । मोटरमा झण्डै एक घण्टामा पुग्न सकिने मिर्सामा स्थानिय परिकारको स्वाद र संस्कृतिको अवलोकन गर्न सकिन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







