रास्वपा केन्द्रिय कमिटीमा रमेश प्रशाई सहित १६ जना मनोनित


     एभरेस्ट आवाज    
     फागुन १ गते २०७९ मा प्रकाशित




फागुन १ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिमा थप १६ जना मनोनित भएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले १६ जनालाई केन्द्रिय समितिमा मनोनित गरेको हो ।

बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले यसअघि २४ जना रहेको केन्द्रिय कमिटीमा १६ जना थपेर ४० सदस्यीय बनाइएको जानकारी दिए ।

मनोनित हुनेमा निशा मेहता, विन्ध्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।