मेची किनारबाट देश प्रतिगमनतर्फ जान लागेको संकेत पाएका छौं : नेपाल


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७९ मा प्रकाशित




पोखरा, फागुन ३

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको बताएका छन् । समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको र त्यसको संकेत मेची किनारबाट संकेत मिलेको बताएका हुन् ।

वर्तमान सत्ता गठबन्धनलाई खिचडीको गठबन्धनको संज्ञा दिदै उनले भने,‘यो खिचडी गठबन्धन संविधानप्रति प्रतिबद्ध छैन । गणतन्त्रप्रतिपनि प्रतिबद्ध छैन र संघीयताप्रतिपनि प्रतिबद्ध छैन । यो परिवर्तन प्रतिपनि गौरव बोध गर्ने नभई प्रतिगमनतर्फ जान उद्यत हुन्छ ।’ पूर्व राजा ज्ञानेन्द्र शाह झापाको बिर्तामोडमा सहभागि भएको कार्यक्रमतर्फ ईंगित गर्दै उनले भने,‘देश प्रतिगमनको यात्रातर्फ जान थालेको संकेत मेची नदीको किनारबाट हामीले संकेत पाईसकेका छौं ।’ अध्यक्ष नेपालले विगतको अनुभवबाट पाठ सिक्नुपर्ने बताउँदै अगाडि थपे,‘अब हामी सजक बनौं । सतर्क बनौं ।’ उनले देशमा राजनीतिक ध्रुविकरण हुन जरुरी रहेको बताए । प्रतिगमन कि अग्रगमन ? त्यसप्रति आफ्नो दृष्टिकोण क्लियर बनाउन आग्रह गर्दै उनले भने,‘प्रतिगमनको पक्षमा उभिने को को ? अग्रगमनको पक्षमा उभिने को को ? ध्रुविकरण हौं ।’ उनले नेपालमा प्रतिगमन सम्भव नभएको बताए । तर प्रतिगमन गर्ने दुस्प्रयासहरु भने बारम्बार भईरहेको र त्यससँग जनताले जुध्दै परास्त गर्दै आईरहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।