नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिपनि एमालेको भए देश बर्बाद हुने बताएका छन् । समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले सभामुख र राष्ट्रिय सभाको अध्यक्ष एमालेबाटै भइसकेकाले सन्तुलन मिलाउनपनि एमालेलाई राष्ट्रपति दिन नहुने बताएका हुन् । ‘राष्ट्रिय राजनीतिमा सन्तुलन मिलाउन जरुरी छ । सन्तुलन मिलाईयो भनेमात्र फेरी प्रतिगमन हुँदैन’–उनले भने ।
अध्यक्ष नेपालले सबैलाई स्वीकार्य व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताए । संविधानको रक्षा गर्ने, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको रक्षा गर्ने सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताउँदै उनले भने,‘त्यो चाहे दलबाट होस् वा बाहिरबाट । तर अहिलेसम्म त्यस्तो व्यक्ति भेटिएको छैन ।’ उनले सहमति नभई नेकपा एसले राष्ट्रपतिका लागि उम्मेदवारी नदिने स्पष्ट पारे । उनले भने,‘जितेपनि, हारेपनि हामी हावा तालमा उम्मेदवारी दिदैनौं । सहमति भयो भनेमात्र उम्मेदवारी दिन्छौं ।’ अहिलेको नेपालको राजनीति तरल अवस्थामा रहेको उनले बताए । अहिलेको राजनीतिलाई खोलाको पानीसँग तुलना गर्दै उनले अगाडि भने,‘खोलाको पानी ओरालोपनि बग्छ, उकालो छ भने गाह्रो गाह्रो मान्छ । पानी जम्मा भइसकेपछि फेरी आफ्नो बाटो खोज्छ । अहिलेको राजनीतिपनि त्यस्तै हो । त्यसैले यो कता जान्छ हेर्दै जाऔं ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाज ३० औं बर्षमा…





