नेकपा एस कुनै अर्को पार्टीसँग बिलय हुँदैन : अध्यक्ष नेपाल


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले बिचार मिल्ने दलहरुसँग सहकार्य, एकता र मोर्चा बनाउँदै जाने बताएका छन् । समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले बिचार मिल्ने दलहरुसँग एकता, सहकार्य र मोर्चा बनाउँदै गएपनि आफ्नो पार्टी कुनै अर्को पार्टीमा विलय भने नहुने स्पष्ट पारे । ‘कसैले कुनै दलसँग हाम्रो पार्टी नेकपा एस विलीन् हुन्छ भन्ने भ्रम पालेको भए त्यो फाले हुन्छ । तर बिचार, भावना र दिल मिल्ने परिवर्तनकारी, रुपान्तरण हुनेसँग सहकार्य, एकता र मोर्चा बनाउँदै जाने कुरा हुन्छ । त्यसका लागि अहिले दस्तावेज साटासाट गर्ने काम भईरहेको छ ।’

अध्यक्ष नेपालले नेकपा एस अब आफ्नै शक्ति निर्माण गर्ने कार्यमा लाग्ने बताए । उनले अर्को कुनै पार्टीसँग एकता हुन्न कि भनेर कुद्दै हिंड्ने र एकता नभए आफ्नो भविष्य नदेख्नेहरुलाई पार्टीमा राख्ने पक्षमा आफू नभएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।