बागलुङ । नगरपालिकाले जिल्लामा पहिलो नगर अस्पताल सञ्चालनमा ल्याएको छ । केन्द्र सरकारको ‘एक पालिका एक आधारभूत अस्पताल’ सञ्चालन नीतिअनुसार पालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएको हो । नगरपालिकाले साबिक गलकोट प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी उक्त अस्पताल बनाएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।
नगरकार्यपालिकाको पुस १७ को निर्णयानुसार वडा नं ५ को हरिचौरमा नगर अस्पताल सञ्चालनमा ल्याएको उनको भनाइ छ । हालसम्म पालिकाको आन्तरिक स्रोतबाटै अस्पताल सञ्चालनमा ल्याएको भन्दै अब प्रदेश तथा केन्द्र सरकारसँग आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचना माग गर्ने नगरप्रमुख गैरेले बताए ।
“अहिले १० शय्यामा बिरामी भर्ना गरेर उपचार सुरु गरेका छौँ, आगामी वर्षदेखि सामान्य शल्यक्रिया पनि सुरु गर्ने योजना छ । अस्पतालका लागि थप संरचना आवश्यक छ, त्यसका लागि जग्गा व्यवस्थापनकै चरणमा छौँ”, उनी भन्छन्, “अहिले सुरुआत हो, सेवालाई प्रभावकारी बनाउँदै जानेछौँ ।”
नगरप्रमुख गैरे गलकोट क्षेत्रका नगरिकलाई स्थानीयस्तरमा सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन आफूहरुले पहल गरिरहेको जानकारी दिए । उपचारका लागि सुविधासम्पन्न अस्पताल खोज्दै सहर जानेको सङ्ख्या बढ्दै गएकाले उनीहरुलाई स्थानीयस्तरमा सर्वसुलभ उपचारको व्यवस्था गराउने उद्देश्यले सेवा विस्तार गरिरहेको उनको भनइ छ ।
अस्पतालमा एक विशेषज्ञसहित दुई मेडिकल अधिकृत, एक स्वास्थ्य सहायक, तीन अनमी, दुई अहेव, दुई नर्स रहने व्यवस्था छ । हाल एक विशेषज्ञ, एक मेडिकल अधिकृत, छ पारामेडिक्स, नर्सिङ पाँच, रेडियोग्राफर एक, डेन्टलहाइजेस एक र दुई ल्याब टेक्निसियन रहेको गलकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुशील पौडेलले जानकारी दिए ।
नगर अस्पतालमा केही दिनअगाडि मात्रै एमडी जिपी ९जनरल फिजिसिन० आएको र पछिल्लो समय नगरपालिका भरका अन्य स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइएको उनको भनाइ छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







