गण्डकी प्रदेशसभा : विधेयक पारित


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले विधेयकलाई पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो

त्यसअघि विधेयकमाथिको दफावार छलफलमा सदस्य भीमबहादुर कार्की, अशोककुमार श्रेष्ठ, सुशीला सिंखडा, विन्दु अधिकारी पहाडी र जीतबहादुर शेरचनले भाग लिएका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले ऐनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेकाले विधेयक ल्याइएको बताउँदै प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढिने बताए ।

यसअघिका प्रदेशसभाका बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले गण्डकी प्रदेशमा शुद्ध खानेपानीको पहुँच घरघरमा पुग्ने गरी काम भइरहेको बताए । प्रदेशभित्रका नदी कटानको समस्या समाधान गर्न लागि मन्त्रालयको ध्यानाकर्षण भएको उनले उल्लेख गरे ।

आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले प्रदेश सरकारको पुँजीगत खर्च सुधारोन्मुख रहेको बताए । विकासका काममा एकमतका साथ अघि बढ्ने उनको भनाइ छ । सभाको अर्को बैठक फागुन ८ गते दिनको २ बजे बस्नेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।