फागुन ४ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माताको निधनप्रति नेपाल खेलकुद पत्रकार मञ्चले शोक व्यक्त गरेको छ ।
बिहीबार पूर्व अध्यक्ष पाठककी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा भएको निधन प्रति मञ्चले एक विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्यक्त गरेको हो ।
मञ्चका महासचिव राजाराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा भएको असामयिक निधन भएको दुःखद खबरले नेपाल खेलकुद मञ्च गण्डकी स्तब्ध र शोकमग्न भएको छ ।’ भनिएको छ ।
मञ्चले यस दुखद घडीमा दिवांङ्गत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदन व्यक्त गरेको छ ।
उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट प्रभावित स्वगिर्य पाठकको आजनै अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गिय पाठकका श्रीमान्, चार छोरा र २ छोरी रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







