नेपाल बैंकद्वारा विन्ध्यावासिनीमा पिउने पानीका लागि आर्थिक सहयोग


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७९ मा प्रकाशित




फागुन ५ पोखरा । नेपाल बैंक लिमिटेडले पोखराको विन्ध्यावासिनी मन्दिरमा आउने भक्तहरुको लागि स्वच्छ पिउने पानीको व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।

यस क्षेत्रकै धार्मिक आस्थाको केन्द्र समेत रहेको मन्दिरमा आउने भक्तजन तथा पर्यटकहरुका लागि स्वच्छ पिउने पानीको व्यवस्थाका लागि शुक्रबार एक कार्यक्रमकाविच पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।

विन्ध्यावासिनी धार्मिक विकास समितिको कार्यलयमा कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख प्रतिमा श्रेष्ठले विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई सो सहयोग हस्तान्त्रण गरिन् ।

सो अवसरमा समितिका अध्यक्ष श्रेष्ठले मन्दिरमा आउने भक्तजनहरुका लागि स्वच्छ पिउने पानीको व्यवस्थाका लागि गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

बैंकका गण्डकी प्रदेश प्रमुख प्रतिमा श्रेष्ठले बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत मन्दिरमा सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताइन् । उनले आगामी दिनमापनि सर्वसाधरणको हितका लागि दीर्घकालिन परियोजनाहरुमा सहयोग जारी रहने बताइन् ।

सो कार्यक्रममा विन्ध्यावासिनी धार्मिक विकास समितिका पदाधिकारी, बैकका गण्डकी प्रादेशिक कार्यालयका ध्रुब पौडेल, चिरञ्जीवि अधिकारी, बगर शाखा प्रमुख सन्तोष शर्मा , सहायक शाखा प्रमुख अम्बिका अधिकारीको उपस्थिती रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।