पोखरा । शनिबार हुने पोखरा अन्तराष्ट्रिय म्याराथनमा पूर्व राष्ट्रिय भलिबल प्रशिक्षक मञ्जु गुरुङले ५ किलोमिटर ‘च्यारिटी रन’ गर्ने भएकी छन् ।
नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा भोलि (शनिबार) हुने १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा पूर्व राष्ट्रिय भलिबल प्रशिक्षक गुरुङले ‘च्यारिटी रन’ का लागि ५ किलोमिटर दौडमा सहभागि हुने भएकी हुन् ।
केही वर्षपहिला क्यान्सरमुक्त भएकी पूर्व राष्ट्रिय भलिबल खेलाडी समेत रहेकी मञ्जुले ‘क्यान्सरपछि पनि सरल जीवन सम्भव छ’ भन्ने सन्देश दिनका लागि आफू दौडमा सहभागि हुन लागेको बताइन् । उनले सो दौडबाट संकलित रकम सामाजिक कामका लागि सहयोग गर्ने बताएकी छन् ।
ब्रेष्ट क्यान्सरबाट केही वर्ष पहिला मात्रै मुक्त भएकी उनले यसअघि सन् २०२० मा मञ्चले आयोजना गरेको १४ औं म्याराथनमा १० किलोमिटरको च्यारिटीबाट संकलन गरेको ३ लाख रुपैयाँ अर्बुद रोग निवारण केन्द्र कास्कीलाई हस्तान्त्रण गरेकी थिइन् ।
गुरुङसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, जनप्रतिनिधी लगायतको दौडमा सहभागिता रहने आयोजक नेपाल भुतपूर्व खेलाडी मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।
हाल बेलायत बस्दै आएकी उनी म्याराथनमा सहभागि हुन शुक्रबार पोखरा आइपुगेकी छन् ।

प्रतियोगितामा ४२.१९५ किलोमिटर दौड (म्याराथन), २१ किमि दौड, १० किमि दौड, ५ किमी दौड, ह्विलचेयर र दृष्टिविहिन दौड सामेल गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







