खुल्ला भजन प्रतियोगितामा फुलबारी क्लव विजयी


     एभरेस्ट आवाज    
     फागुन ६ गते २०७९ मा प्रकाशित




फागुन ६ पोखरा । महाशिवरात्रि पर्वको अवसरमा परोपकार सर्वेश्वर नारी समूहले आयोजना गरेको खुल्ला भजन प्रतियोगितामा फुलबारी क्लब विजयी भएको छ ।

पोखरा –४ गैह्रापाटनस्थित समूहले आयोजना गरेको खुल्ला भजन प्रतियोगितामा पोखरा–११ को फुलबारी क्लव प्रथम भएको हो । १३ वटा प्रतियोगि समूहलाई पछाडी पार्दै प्रथम भएको फुलबारीले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा पोखरा –२५, हेम्जाको माछापुच्छ्रे सेवा समाज द्वितिय, दाजुभाई भजन समूह तनहुँको शुक्ला गण्डकी तृतिय र मातृकाश्वर एकता समूहले सान्तवना स्थान प्राप्त गरेको आयोजक समूहका सचिव इनु कोइरालाले जानकारी दिइन् ।

प्रतियोगितामा द्वितिय, तृतिय र सान्तवना स्थान प्राप्त गरेका समूहले क्रमश २० हजार, १५ हजार र ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै उत्कृष्ट भेषभुषातर्फ पञ्चासे भजन समूह , धारापानी पस्र्याङ र उत्कृष्ट नृत्यतर्फ लामाचौर भजन समूह, पोखरा– १६ लाई नगद जनही तिन हजार पाँच सय रुपैयाबाट पुरस्कृत गरिएको छ । विजयी समूहलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, संस्थाका अध्यक्ष मिनु कोइराला र उपाध्यक्ष रुकु कोइरालाले संयुक्तरुपमा पुरस्कृत गरेका थिए ।

कार्यक्रम गैह्रापाटनस्थित सर्वेश्वर महादेव मन्दिर प्राङ्गणमा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।