पोखरा । पोखरा महानगरपालिका वडानं २० मौजा स्थित श्री हिमालय माध्यमिक विद्यालयले स्थापनाको ५० औ वार्षिकोत्सव अर्थात स्वर्ण महोत्सव मनाउँदै छ।
२०२८ सालमा स्थापना भएको सो विद्यालयले यही फागुन ९, १० र ११गते विविध कार्यक्रमहरु आयोजना गरि स्वर्ण महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समिति का अध्यक्ष एवं स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक सु।हुम बहादुर गुरुङले जानकारी दिए।
स्वर्ण महोत्सव कार्यक्रम अन्तर्गत फागुन ९ गते उद्घाटन ,विविधता झल्कने स्थानीय झाँकी प्रदर्शन,बिभिन्न जातजातिका भेषभुषा सहित साँस्कृतिक कार्यक्रमहरु , शैक्षिक प्रदर्शनी, लगायत गरिने छ। दोस्रो दिन अर्थात फागुन १० गते राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु द्वारा साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गरिने छन्।
तेस्तै फागुन ११ गते अन्तिम दिन समापन लगायत बिध्यालय द्वारा बिबिध सांस्कृतिक कार्यक्रमहरु, स्थानिय आमा समुह,युवा क्लब ,टोल बकास समिति द्वारा प्रस्तुत गरिने बिभिन्न स्थानिय स्तरका नौला मनोरञ्जनात्मक प्रस्तुतिहरु गरिने छन्। साथै बिभिन्न पुरस्कार बितरण तथा तीनै दिन बिध्यालयलाई शुरु देखि ब्यक्तीगत, संस्थागतरूपमा सहयोग गर्ने,चन्दादाता, आर्थिक,भौतिक, शैक्षिक तथा नैतिक रुपमा सहयोग पुर्याउने बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेका छन्।
स्वर्ण महोत्सवका क्रममा बिद्यालयले विभिन्न उद्देश्यहरु राखेर अगाडि बढेको बताईएको छ। यस अन्तर्गत आर्थिक संकलन अभियानलाई पनि अगाडी बढाएको बिद्यालयका प्रधानाध्यापक एवं स्वर्ण महोत्सव मूल आयोजक समितिका सदस्य सचिव मणि राज परियारले जानकारी दिए।
उनका अनुसार, बिद्यालयलाई आगामी दिनहरुमा कक्षा १० सम्म मात्र सिमीत नराखी दश जोड दुई कक्षा सञ्चालन गर्ने गरी सम्भाब्यता अध्ययन गर्ने, बिशेषगरी बिद्यालयमा पशु बिज्ञान प्राविधिक शिक्षा सञ्चालन गर्ने उध्येश्य राखिएको छ। यस्तै बिद्यालयमा व्यवस्थित छात्रावास, चमेनागृह सहित भुकम्प प्रतिरोधात्मक बाल मैत्री कक्षा कोठा भवन निर्माण गरी सञ्चालन गर्ने उध्येश्य राखिएको छ।
कम्युटर शिक्षा, ब्यवस्थित पुस्तकालय , ईन्टरनेट सेवाको क्षमता बढाउँदै प्राविधिक शिक्षा उपलब्ध गराउने, खेलमैदानलाई ब्यवस्थित गर्ने, वातावरण मैत्री शिक्षा उपलब्ध गराउँदै प्रतिष्पर्धात्मक समयानुकूल शिक्षाबाट बिध्यार्थीहरु बञ्चित हुन नपर्ने खालका बिभिन्न कार्यक्रम सञ्चालन गर्ने उध्येश्य राखिएको छ। तेस्तै बिद्यालयमा थप अक्षयकोष बृद्धि गराउने,बिद्यालयको अभिलेख लाई डिजिटल पध्दति बाट ब्यवस्थापन गर्ने,बिद्यालयको समग्र क्षेत्र सुधार गर्ने, शैक्षिक कल्याणकारी कोष स्थापना गर्ने, लगायतका लक्ष्यका साथ कार्यक्रम अगाडी बढाइएको प्रधानाध्यापक परियार ले जानकारी गराए।
बाल बिकाश, देखि १० कक्षा सम्म पढाई हुँदै आएको सो बिद्यालयमा हाल करीव १०० बिध्यार्थी अध्ययनरत छन्। पोखराको महेन्द्रपुलबाट १४ की। मि।को दुरीमा उत्तर पूर्वी दिशामा बिध्यालय रहेको छ। समुन्द्र सतहदेखि करिब १५४४ मिटरको उचाइमा रहेको बिध्यालय क्षेत्र मा न्यानो समशितोष्ण हावापानी पाइन्छ।
पोखरा महानगरपालिकाको ग्रामीण भेग भएकोले मौजा बासीहरु शहरी जिवनको खोजिमा तीव्र रुपमा शहरतिर वसाई सर्दा यहाको जनसंख्या दिनप्रतिदिन कम हुदै गएको छ। यसको प्रत्यक्ष प्रभाव बिध्यार्थी संख्यामा पनी परेको बिद्यालयले जनाएको छ। गाउँवाट अन्यत्र बसाईलाई न्युनिकरण गर्दै गाउमै बसाईलाई कसरी बढाउने भन्ने उपायहरूको खोजिमा पनी बिध्यालय लागिरहेको छ।
कास्कीको पर्यटकीय गाउँका रुपमा परिचित मौजामा रहेको यो बिद्यालयले आँफ्नो स्थापनाको ५०औ वर्ष पुरा गरेको छ।
यस अवसरमा बिद्यालयले स्थापनाकाल देखि हालसम्म योगदान पुर्याउने सबै शिक्षा प्रेमी , संस्थापक, अग्रज, चन्दादाता अक्षयकोषदाता लगायतलाई बिशेष धन्यवाद ब्यक्त गर्दै विविध सम्मान का कार्यक्रम समेत गर्ने बताईएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







