डाँडाकोनाकमा बस दुर्घटना, ४५ यात्रु घाइते, ३ को अवस्था गम्भीर


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराको डाँडाको नाक प्रहरीचौकी अगाडी आइतबार माइक्रोबस दुर्घटना हुँदा ४५ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्य ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६७४७ नम्वरको बस डाँडाकोनाक प्रहरी चौकी नजिकै दिउँसो २ः ३० बजे दुर्घटना हुँदा चालकसहित ४५ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता वरिष्ट प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । दुर्घटनामा ३४ जना पुरुष, १० जना महिला र एक जना बालक घाइते भएको उनले बताए ।

घाइतेहरुलाई उद्धार गरेर पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेज ल्याइएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।