फागुन ७ पोखरा । दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखरा १३ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले १३ औं स्थापना दिवस आईतबार एक कार्यक्रमका बीच मनाएको हो ।
कार्यक्रमको उद्घाटन कास्की जिल्लाका सहायक जिल्ला अधिकारी अनिल कुमार शाहिले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शाहिले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गरे । शाहिले सहकारीलाई राज्यले समेत महत्वपु्र्ण रुपमा लिएका हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्ने जोड दिए ।
ठकुरी महासघंका केन्द्रिय अध्यक्ष तथा दर्शन सहकारी सस्थापक अध्यक्ष खिम बहादुर शाहिले ठकुरीले छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताए ।
कार्यक्रममा संस्था सल्लाहकार खड्ग बहादुर शाही ठकुरी, संगम परिवार कास्कीका वरिष्ठ उपाध्यक्ष याम बहादुर हमाल, सस्थांपक प्रबन्धक रबिन्द्र बिक्रम चन्द लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीका सस्थांपक प्रबन्धक रबिन्द्र बिक्रम चन्दलाई सम्मानका साथै बिदाई पनि गरिएको थियो ।
दर्शन सहकारी संस्थाका अध्यक्ष बिष्णुकुमारी उच्चैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष राजाराम शाहि र सचिव ज्योती हमालले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







