फाइल तस्बीर
नेपाली कांग्रेस निकट नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा ईश्वरप्रसाद लामिछाने निर्वाचित भएका छन। सङ्घको सोमबार राति सम्पन्न तेस्रो महाधिवेशनले उनको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्षमा केशव मैनाली, लोकबहादुर गुरुङ र मिलन अधिकारी, महासचिवमा प्रकाश रिजाल र टेकबहादुर गुरुङ, उपमहासचिवमा दिपेन्द्र धरेल र सुरज तामाङ, कोषाध्यक्षमा नवराज सुवेदी क्षेत्री र सहकोषाध्यक्षमा सुर्चबहादुर तामाङ निर्वाचित भएका छन ।
यस्तै सदस्यमा टोपनारायण श्रेष्ठ, लोकबहादुर रावल, हरि अधिकारी, दीपक रेग्मी सौगात गुरुङ, पवन तामाङ, राहुल तामाङ, कृष्ण थापा, विकास नगरकोटी, दिलमान गुरुङ, राजेश्वर अम्गाईँ र सुजल गुरुङ निर्वाचित भएको निर्वाचन समितिका सदस्य रुपेशराज सिग्देलले जानकारी दिए। सङ्घको सल्लाहकारमा निवर्तमान अध्यक्ष दिपेन्द्र (कपील) पाण्डेलाई चयन गरिएको छ । पर्यटन क्षेत्रमा कार्यरत मजदुर मिलेर विस २०६६ सालमा स्थापना गरिएको उक्त सङ्घमा हाल एक हजार ४०० पदयात्री, आरोही, जलयात्री, ‘टुर’ जङ्गल सफारी गाईडलगायत आवद्ध छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रतिनिधिसभाका सदस्यहरुले विद्यमान कानुनी व्यवस्था संशोधन गरेर बलात्कार, यौनहिंसा र हत्याजस्ता जघन्य…





