पोखरा । पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ पस्रयाङमा स्थित खुँडेपोखरीमा डुबेर उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पर्वत घर भइ पोखरा ५ धारापानीमा बस्दै आएका ४ वर्षीय सुहान केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार केसी सोमबार साँझदेखि हराइरहेका थिए ।
त्यसपछि खटिएको प्रहरीको टोलीले केसीलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले बताए । बालकको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको खड्काले बताए ।
बालक खेल्नेक्रममा तालमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







