प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको जनाइएको छ ।
राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ । नेकपा (माओवादी केन्द्र ) ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ । यही फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रतिनिधिसभाका सदस्यहरुले विद्यमान कानुनी व्यवस्था संशोधन गरेर बलात्कार, यौनहिंसा र हत्याजस्ता जघन्य…





