राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर रु. १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । चोकर ,दाना ,ढुवानी खर्च, मुद्रास्फीति, उद्योगीको खर्च बढेको भन्दै बोर्डले मूल्य बढाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा प्रस्ताव गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले बताए ।
यसअघि २०७८ माघमा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । राष्ट्रिय दुग्ध विकास नीतिअनुसार हरेक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था गरेको छ । तर यसपालि मूल्यवृद्धि भएको एक वर्षमै बोर्डले भाउ बढाउन सिफारिस गरेको हो ।
अध्ययन समितिले किसान, उद्योगी, बजारसहित अध्ययन गरेर तयार पारेको प्रतिवेदनअनुसार दूध प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको उनले बताए । बढेको मूल्यको ६९ प्रतिशत किसान र ३१ प्रतिशत उद्योगीले पाउने उनले दाबी गरे ।
मन्त्रिपरिषद्ले स्वीकृति दिएको खण्डमा दुधको वृद्धि मुल्य कार्यान्वयनमा जानेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







