पोखरामा ‘एटीएम’ तोडफोडको आरोपमा दुई जना पक्राउ


     एभरेस्ट आवाज    
     फागुन १० गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखरामा विभिन्न बैंकका एटीएम मेसिनमा तोडफोड गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कास्कीले गएराती पोखरा–१० र १५ का विभिन्न बैंकको एटीएममा तोडफोड तथा ढुङ्गा हानेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरको घाइतघाट स्थायी घर भई पोखरा–१७ छोरेपाटन बस्दै आएका शुसिल चाम्लिङ राई २१ र लम्जुङको मर्स्याङ्दी स्थायी घर भई छोरेपाटन बस्ने अर्जुन भनिने लु बहादुर गुरुङ २१ लाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनीहरुलाई गएराती पोखराको रामबजारस्थित एनआईसी एसिया बैंक, पोखरा १५ स्थित बन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंक र रामबजारस्थित भारतीय पेन्सन क्याम्प नजिकैको रहेको सांग्रिला विकास बैंकको एटीएम मेसिन फोर्नका लागि तोडफोड गर्ने, ढुङ्गा हान्ने तथा सीसीटिभी क्यामेरा कागजले छोपेको सुचनाको आधारमा पक्राउ गरिएको प्रहरीले दावी गरेको छ ।

पक्राउ परेका दुवैलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि चोरी तथा डाँका सम्वन्धी कसुर अन्र्तगत थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवत्ता खड्काले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।