फाइल तस्विर
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता हिंसाको पक्षमा नरहेको बताएका छन् ।
एमाले अध्यक्ष ओलीको आज परेको ७२औँ जन्मदिनको अवसर पारेर बालकोटस्थित उनकै निवासमा नेपाल अफ्रो एशियाली जनएकता सङ्गठनले आयोजना गरेको पुस्तक विमोचनमा उनले सो धारणा राखेका हुन् ।
सो सङ्गठनले प्रकाशन गरेको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन गर्दै उनले नेपाली जनतालाई अब कुनै पनि प्रकारको हिंसा मान्य नहुने बताए । अध्यक्ष ओलीले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउने गरी सरकारले गरेको निर्णय सही नभएको टिप्पणी पनि गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २…





