रुपाले फागुन २७ गते स्थापना दिवस मनाउने


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०७९ मा प्रकाशित




अस्मिता घिमिरे ।
कास्कीको रुपा गाउँपालिकाले फागुन २७ गते आफ्नो स्थापना दिवस मनाउदैँ छ । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन २३ गतेदेखि २७ गतेसम्म (पाँच दिन) सम्म मनाउने रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

रुपाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता, गाउँपालिका स्तरीय झाँकी प्रदर्शन, माला बुन्ने प्रतियोगता लगायतका कार्यक्रम आयोजना गरेको छ ।

अध्यक्ष नवराज ओझाले स्थापना दिवसका अवसरमा गाउँपालिकालाई रुपामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वलाई पनि रुपा रत्नबाट सम्मान गरिने जानकारी दिए । विगतका वर्षहरुमा पनि स्थापना दिवसमा रुपा रत्नबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

अध्यक्ष ओझाका अनुसार पालिका स्तरीय भलिबलमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश १ लाख २५ हजार, ८० हजार र ५० हजारसहित ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । पालिका स्तरीय भलिबलमा एउटै पालिकाले दुई टिमसम्म सहभागी गराउन पाउने र एक टिममा एक जना राष्ट्रिय खेलाडी समावेश गर्ने पाउने नियम राखिएको ओझाले बताए ।

गाउँपालिका अन्तर्गत सातवटै वडाहरुमा लोप हुन लागेका विभिन्न जातजातिहरुको संस्कृति संरक्षण गर्ने उद्देश्यले झाँकी प्रदर्शन प्रतियोगिता गरिने ओझाले बताए । झाँकी प्रदर्शन बढीमा ३५ जना सहभागी हुनुपर्ने र ५ जना ३० वर्ष कम उमेर समूहका हुनुपर्ने नियम बनाइएको ओझाले बताए । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न ३० वर्ष भन्दा कम उमेरकालाई झाँकी प्रदर्शनमा सहभागी गराउने उनले बताए । झाँकी प्रदर्शनमा प्रथम, द्धितिय , तृतिय र सान्त्वनालाई क्रमश ३० हजार, २० हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ ।

यसैगरि रुपामा हुने हरेक औपचारिक कार्यक्रमका खाँदा ,माला र ब्याज बाहिरको नलगाउने निणर्य गरे सँगै पालिका भित्रै उत्पादन गर्ने उदेश्यले माला उन्ने प्रतियोगिता आयोजना गरिएको हो ।माला बुन्ने प्रतियोगता पनि रहेको छ । प्रतियोगताका प्रथम द्धितिय र तृतियले क्रमश ६ हजार ६ सय ६७ , ४ हजार र २ हजार ६ सय ६७ रुपैया प्रदान गरिनेछ ।

स्थापना दिवस मनाउन गाँउ पालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मूल समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको रुपा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।