आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नौ गुमाउँदै दुई सय तीन रनको योगफल बनायो ।
पपुवा न्युगिनीका लागि चाड सोपरले अविजित ३६ रन बनाए भने कप्तान असाद भालाले ३६, सेसे बाउले ३१, किपीलन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।
नेपालका लागि गुल्सन झाले ३ विके लिए भने कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १–१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







