प्रदेश प्रहरी प्रमुख गुरुङ र नेपालका लागि जापानीज दुतावासका सचिवविच भेटवार्ता


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०७९ मा प्रकाशित




पोखरा ।गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक बुद्धिराज गुरुङले नेपालका लागि जापानी दुतावासका द्धितिय सचिव योसिमुरा केन्जी (YOSHIMURA KENJI) संग भेटघाट गरेका छन् ।

गण्डकी प्रदेशमा जापानीज नागरिकहरुको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आएका केन्जीसंग भेटघाट गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गुरुङले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थिति सामान्य र पर्यटकहरुका लागि उपयुक्त रहेको बताए।

भेटघाटका लागि आएका केन्जिका प्रश्नहरु लाई स्पष्ट पार्दै गण्डकी प्रदेश प्रहरी प्रमुख गुरुङले गण्डकी प्रदेशमा जापान लगायत सबै देशका नागरिकहरुलाई सम्मानको नजरले हेर्ने गरिएकोले कुनै पनि विदेशी नागरिकको सुरक्षामा चुनौति नरहेको उल्लेख गर्दै विदेशी पथ पर्यटकहरुलाई पथ प्रदर्शक बिना एक्लै नहिड्न सल्लाह दिने गरेको जानकारी गराए ।

यसका साथै गुरुङले गण्डकी प्रदेशमा रहेको पर्यटक प्रहरीले समेत पर्यटकहरुलाई सुरक्षाका विषयमा आवश्यक सुझाव र जानकारी दिईरहेको र पर्यटकहरुको सुरक्षार्थ दुतावाससंग सूचनाहरु आदान प्रदान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको बताउदै जापानीज नागरिकरुलाई पोखरा लगायत गण्डकी प्रदेशको भ्रमण सुरक्षित रहेको सन्देश दिन आग्रह गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।