इन्धनको मूल्य समायोजन नगर्ने निगमको निर्णय


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेपाल आयल निगमले इन्धनको मूल्य हाललाई समायोजन नगर्ने भएको छ ।

इण्डियन आयल कर्पोरेशन (आईओसी)ले खाना पकाउने ग्याँसको मूल्य अत्यधिक बढाएर पठाएको भन्दै हाललाई इन्धनको मूल्य समायोजन नगरि यथावत राख्ने निर्णय गरको हो । निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने निर्णय गरिएको जनाएको छ ।

बुधबार मात्रै निगमलाई आईओसीले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल ५ रुपैयाँ ५ पैसा, मट्टितेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ७ रुपैयाँ ३ पैसा घटाएर नयाँ सूची पठाएको थियो । तर ग्यासमा भने प्रतिसिलिण्डर ३३९ रुपैयाँ ६ पैसा बढेर आएको निगमले जनाएको छ । अब ग्यासमा मात्रै प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ ।

निगमका अनुसार सरकारलाई तिर्नुपर्ने ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।