पोखरा, फागुन २०
रेन्वो चिल्ड्रेन होम पोखरा–६ लेकसाईडको सामाजिक लेखाजोखा सम्पन्न भएको छ । होमको शनिबार पोखरामा सामाजिक लेखाजोखा कार्यक्रम भएको हो । कार्यक्रममा होमले ३० जना बालबालिकालाई आश्रय दिएर राखेको र त्यसको वार्षिक खर्च एक करोड एक लाख ६२ हजार ३६ रुपैयाँ खर्च गरेको जानकारी दिइयो । सो अवधीमा होमले एक करोड २१ लख ७७ हजार ५ सय ५२ रुपैयाँ आम्दानी गरेको होमकी सञ्चालिका गोमा ढकालले जानकारी दिईन् ।
सामाजिक लेखाजोखा कार्यक्रममा होमले आश्रित बालबालिकालाई सबै मापदण्ड पूरा गरेर राखेको पाइएको सामाजिक लेखाजोखा सहजकर्ता भीमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार होमले बालबालिकालाई शिक्षासँगै सीपमूलक तालिमपनि दिनेगरेको छ । होमले अर्गानिक खाना खुवाउनका लागि अर्गानिक फारम सञ्चालन गरेको र कतिपय अवस्थामा सो फारम आम्दानीको श्रोतसमेत बनेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले चिल्ड्रेन होमहरुले विपन्न तथा असहायः बालबालिकालाई आश्रय दिएर राज्यको दायित्व निर्वाह गरिरहेको बताए । उनले भने,‘रेन्वो चिल्ड्रेन होम तिनै राज्यको दायित्व लिईदिने मध्येको एक उत्कृष्ट चिल्ड्रेन होम हो ।’
बालअधिकार समन्वय परिषद गण्डकीका प्रमुख बद्री वाग्ले, अभियन्ता तथा अग्रज पर्यटन व्यवसायी अग्नी कँडेल, बालगृह महासंघका केन्द्रीय सदस्य बिजयकुमार प्रधान, बालगृह सञ्जाल कास्कीका अध्यक्ष रमिला श्रेष्ठ, नमूना आमा समूह बैदामकी अध्यक्ष जुना अधिकारीलगायतले रेन्वो चिल्ड्रेन होम बालगृहहरु मध्येको नमूना भएको बताए ।
कार्यक्रममा आश्रित बालबालिका तथा उनीहरुका अभिभावकहरुले रेन्वो चिल्ड्रेन होमले आश्रय दिनुका साथै लालनपालन, अध्ययन अध्यापनसँगै सीपमूलक तालिम दिएर सक्षम, सबल र आत्मनिर्भर बनाउन सक्दो प्रयास गरिरहेको भन्दै त्यसका लागि धन्यवाद र आभार व्यक्त गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







