काठमाण्डौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजातीले आफ्नो पहिचानको मुद्दा छाड्न नहुने बताएका छन् ।
नेपाल मगर सङ्घले आज आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उहाँले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाडन नहुने पनि बताएका हुन् ।
उनले संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिले एकतावद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने बताए ।
उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने बारेमा गहिरो अध्ययनको खाँचो रहेको उनको भनाइ थियो ।
उनले आदिवासी जनजातिको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने बताए । नेपाल मगर सङ्घले आदिवासी जनजाति योद्धाको योगदानको स्मरण गर्दै अघि बढनुपर्ने उनको भनाइ थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





