पोखरा, फागुन २१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टीका कार्यकर्ता तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य ईन्द्रधारा विष्टले बौद्ध विश्वविद्यालयबारे जवाफ फर्काएका छन् । एमाले गण्डकी प्रदेश सदस्य विष्टले एमाले अध्यक्ष ओलीले मुस्ताङमा बौद्ध विश्वविद्यालय बनाउने विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै जवाफ फर्काएका हुन् । विष्टले पढेको र बुझेको सबै यथार्थ नहुने बताउदै अध्यक्ष ओलीले भनेजस्तो मुस्ताङमा बौद्ध विश्वविद्यालय स्थापना गर्ने नभई बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँमा मात्र भएको स्पष्ट पारेका छन् । साथै मुस्ताङमा बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँ आवश्यक रहेको र त्यहाँ विश्वविद्यालय बनाउँदैमा विदेशीको खेल मैदान नहुने बताएका छन् ।


यसअघि एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय बनाएर प्रचण्डले चीनबिरुद्ध गद्दारी गरेको आरोप लगाएका थिए । साथै ओलीले सरकारले विदेशीको खेल मैदान बनाउन मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागेकाले यो आवश्यक नरहेको अभिव्यक्तिपनि दिएका थिए ।
सोहि विषयलाई लिएरसामाजिक सञ्जाल फेसवुकमा विष्टले ओलीलाई सम्बोधन गर्दै लेखेका छन्,‘मेरो अनुरोध अध्यक्ष कमरेडलगायत सबैमा । यो हाम्रो मुस्ताङको आवश्यकता ईतिहाँसले सजाएको, हामी सबैलाई चाहिएको परियोजना हो ।’ उनले यो परियोजना धार्मिक लफडा बनाउने केन्द्र वा कुनै स्वार्थ बोकेको विषय नभएको र यसले राष्ट्रियता माथि आँचसमेत नआउने दाबी गरेका छन् । उनले यो परियोजना सफल बनाउन मुस्ताङबासी लागेको उल्लेख गर्दै यसबिरुद्ध सहयोग गर्न ओलीलाई आग्रह गरेका छन् । उनले अगाडि लेखेका छन्,‘सके सहयोग गर्नुहोस् नसके आँच नपु¥याउन तथा यो विषयलाई राजनीतिक नबानाउन म सबैमा अनुरोध गर्दछु ।’ ओलीको अभिव्यक्तिले आफू र आफूजस्ता कार्यकर्तालाई असहज महशुष भएको बताउँदै यसले पार्टीलाई भविष्यमा असर गर्ने चेतावनी दिएका छन् । उनले ओलीलाई भनेका छन्,‘तपार्इंको अभिव्यक्तिले हामीलाई असहज महसुस भैएको हुँदा विशेषगरी हाम्रो गौरवशाली पार्टी नेकपा एमाले मुस्ताङको भविष्यमाथि समेत चुनौती थप्ने र प्रश्न उठ्ने भएको हुँदा यसबारे तपाईको ध्यानाकर्षण गर्न बाध्य भएको छु ।’
विष्टले मुस्ताङमा कुनै विश्वविद्यालय बन्न लागेको नभई बौद्ध धर्मको अध्ययन÷अध्यापन मात्र गर्न लागेको उनले दाबी गरेका छन् । ‘यहाँ हाम्रो गाउँहरूमा झन्डै दुई दर्जन गुम्बाहरू छन् । धेरै गुम्बाहरुमा गुम्बा बिद्यालय छ, तर दुःखका साथ भन्नु पर्छ हामीसँग बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँ एउटा पनि छैन । तसर्थ उच्च शिक्षाको लागि विगतमा टिबेट र अहिले ईन्डिया जाने गर्छ’–उनले भनेका छन् । उनले बौद्ध दर्शनको उच्च शिक्षा हाँसिल गर्नका लागि यो परियोजना आवश्यक रहेको बताउँदै उनले यसमा आफूहरुको संस्था, मुस्ताङीहरुको सबै संस्था, शाक्य बौद्ध संघ मुस्ताङको प्रयासमा ईन्डिया एम्बेसीले चासोका साथ सहयोगको अस्वासन पाइएको र नेपालको तर्फबाट अझै कागजी प्रक्रिया पूरा गर्न बाँकी रहेको उल्लेख गरेका छन् ।
विष्टले लो खेल्छेन सोनम ल्येन्डुप र ज्येचुन कुङ्गा डोछ्योकको समय करीब चार पाँच सय वर्ष अगाडि भिक्षुहरूको उच्च शिक्षा लिने ठाउँ लोमन्थाङ्ग गाउँपालिकाको वडा नं.–३ फुवा गाउँ र भिक्षुनीहरूको लागि ल्होघेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नं.–१, मराङ गाउँमा रहेको र अहिले त्यहि ईतिहाँसलाई दोहो¥याउन यो परियोजना सञ्चालन गर्ने तयारीमा रहेको बताएका छन् ।
ओलीलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काउने एमाले कार्यकर्ता तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य ईन्द्रधारा विष्ट र उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा आयोजना भएको रक्तदान कार्यक्रमबाट १ सय ७ युनिट रगत संकलन भएको…





