पिएनमा नेवि संघको होली कार्यक्रम


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०७९ मा प्रकाशित




विद्यार्थीको रंगीन सपना पूरा गराउँछौँ ः विद्यार्थी नेता न्यौपाने

पोखरा । रङहरुको पर्व होलीको अवसरमा नेपाल विद्यार्थी संघप्रति आस्थावान विद्यार्थीहरुले पृथ्वीनारायण क्याम्पसमा सौहार्दपूर्ण होली विशेष कार्यक्रमको आयोजना गरेका छन् ।

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस निवर्तमान सभापति सतिश बास्तोलाको संयोजकत्वमा सो कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा नेपाल विद्यार्थी संघप्रति आस्था राख्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गरिएको होली कार्यक्रममा बोल्दै विद्यार्थी नेता सुशील न्यौपानेले रङहरुको पर्वबाटै आउँदो चुनावको तयारी गर्नुपर्ने बताए ।

‘आउँदो स्ववियू निर्वाचनमा नेवि संघ विजयी भएमा हामी प्रत्येक विद्यार्थी र अभिभावकको रंगीन सपना पूरा गराउने छौँ,’ आउँदो स्ववियू निर्वाचनमा नेवि संघको तर्फबाट सभापतिको दाबेदारसमेत रहेका उनले थपे,‘पृथ्वीनारायण क्याम्पसमा नेपाल विद्यार्थी संघ कमजोर छैन तर हामीमाथि गरिने षड्यन्त्र, निर्वाचनमा हुने धाँधलीबाट भने सचेत हुनुपर्छ ।

मुख्य कुरा हामी एकतावद्ध हुनु जरुरी छ ।’ विद्यार्थीमाझ लोकप्रिय नेता न्यौपानेले विद्यार्थीका हकहितका एजेण्डाहरुलाई अगाडि बढाउन कुनै कसर बाँकी नराखिने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।