फागुन २३ काठमाण्डौं । नेपाली फुटवल टीमका खेलाडी अन्जन विष्ट एनएसजेएफ बर्ष २०७८ को उत्कृष्ट बर्ष खेलाडी घोषित भए भने राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाही महिला तर्फ बर्ष उत्कृष्ट खेलाडी घोषित भएकी छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाण्डौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित बजाज पल्सर स्पोट्र्स अवार्ड वितरण समारोहमा उक्त उपाधि सहित एक÷एक थान पल्सर मोटरसाइकल उपहार प्रदान गरेको हो ।
यस बिधामा फुटबलका विष्ट सहित फुटवलका गोलरक्षक किरण चेम्जोङ, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी मनोनयनमा परेका थिए ।
अन्य खेलाडीलाई पछि पार्दै अवार्ड हात पारेका विष्टले विश्वकप छनौटमा चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट गोल गरेका थिए भने १३ औं साफ च्याम्पियनसीपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि गोल गोल गरेका थिए ।
शाहीको विधामा एथलेटिक्सकी पुष्पा भण्डारी,बक्सिङकी पुनम रावल, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर मनोनयनमा परेका थिए । अन्य खेलाडी भन्दा उत्कृष्ट प्रर्दशन गरेकी शाहीले अवार्ड जित्न सफल भइन् ।
शाहीको कप्तानीमा बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको उपाधि जित्यो भने नेपालले समूह चरणका ५ खेल र फाइनलमा उज्वेकिस्तानलाई पराजित गरी अपराजित यात्रा सहित उपाधि जितेको थियो । छैटौं एनभीए कपमा पनि उनी बेस्ट सेटर घोषित भएकी थिइन् ।
पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट यस बर्ष ओलम्पियन रघुराज वन्त सम्मानित भएका छन् । खेलाडीका रुपमा ओलम्पिक सम्मको यात्रा तय गरी प्रशिक्षकको रुपमा उत्कृष्ट खेलाडीहरु उत्पादन गरेकोमा उनलाई उक्त सम्मान गरिएको मञ्चले जनाएको छ ।
नेपाली खेलकुदमा खेलाडी देखि प्रशिक्षक, संघ, परिषद ओलम्पिकक कमिटीको पदाधिकारीसम्म बनेका वन्त २४ वर्षको उमेरमा मिस्टर काठमाडौं घोषित भएका थिए । एथलेटिक्स संघको अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटीको महासचिव समेत भएका वन्त अझै खेलकुदमा कटिवद्ध छन्।
वन्त १०० मिटरमा ७ वर्ष लगातार च्याम्पियन भएका थिए । ७२ वर्षका वन्तले खेलकुदमै जीवन समर्पित गरेका छन्।
त्यसै गरी फुटवलका खेलाडी मनिष डाँगीले एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७८ अन्र्तगत उत्कृष्ट युवा खेलाडीको रुपमा अवार्ड प्राप्त गरे ।
उक्त विधामा डाँगी सहित फुटबलकी प्रीति राई, भलिबलकी उषा भण्डारी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा र ब्याडमिन्टनकी रसिला महर्जन मनोनयनमा परेका थिए ।मछिन्द्र एफसीलाई ए डिभिजन लिगको उपाधि दिलाउदा, साफ च्याम्पियनिसपको उदघाटन खेलमा आयोजक माल्दिभ्स विरुद्ध खेलमा र विश्वकप छनोटमा इराक विरुद्ध समेत डाँगीले गोल गरेका थिए ।
उक्त अवार्ड अन्र्तगत पिपल्स च्वाइस विधामा भलिबलकी उषा भण्डारीले उपाधि जितेकी छन् । उनले ३८.०३२२ प्रतिशत मत प्राप्त गर्दै उपाधि जितेकी खेलाडी छनौट समितिका संयोजक अन्जन खड्काले बताए । भण्डारीसँगै उक्त विधामा लन टेनिसका अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख र पैडीकी डुवाना लामा मनोनयनमा परेका थिए । विष्टले ३१.१४०२ प्रतिशत शेखले १४.९९७ प्रतिसत मत प्राप्त गरे ।
पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत एसियन स्पोर्टस जर्नालिस्ट अवार्डबाट यस बर्ष कतारका मोहमद हिजीले प्राप्त गरे । खेलकुदको सबै भन्दा ठूलो अवार्ड समारोह पल्सर स्पोर्टस अवार्डमा हिजीलाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको मञ्चका अध्यक्ष दुर्गा प्रसाद सुवेदी ( देवेन्द्र) ले बताए ।
फुटबलका अब्दुल्लाह अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक तर्फ सम्मानित भए । उक्त विधामा अलमुताइरीसँगै, पारा तेक्वान्दोका कविराज नेगी, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए । अलमुताइरले पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिएको मञ्चका महासचिव प्रज्जल ओलीले बताए । उक्त अवसरमा स्पेशल अवार्डबाट व्याडमिन्टनका दानबहादुर तामाङ र मायादेवि मोक्तान सम्मानित भए ।
उनको जोडीलाई लामो समय देखि आफु र आफ्नो घर परिवारबाट खेलाडी उत्पादनमा महत्पूर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको हो । त्यसै गरी पलेशा गोवर्धनले पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पारा एथलेट सम्मान अवार्ड प्राप्त गरेकी छन्। जापानमा भएको पारा ओलम्पिकमा दुई बाउट जित्दै पलेशा पदक नजिक पुगेकी थिइन् ।
वर्ष २०७८ मा गरेको प्रदर्शनका आधारमा उक्त अवार्ड प्रदान गरिएको हो । विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गरे भने यस वर्षदेखि युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल गरिएको मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, ई–सेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल गु्रप, सुबिसु र न्यू होराइजन कार्पेट इन्डस्ट्री रहेका छन् । सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र वाग्मती प्रदेश खेलकुद विकास परिषद् छन् ।
उक्त समारोहमा विजेताहरुलाई राखेप सदस्य टंकलाल घिसिङ, ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, पूर्व राखेप सदस्य सचिब युवराज लामा, हंशराज हुलाश चन्द्र एण्ड कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छा लगायतले पुरस्कार वितरण गरेका थिए ।
२०७७ सालमा नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा योगदान पु¥याउने खेलाडी तथा खेलव्यक्तित्वलाई अवार्डबाट पुरस्कृत गरिएको हो । १९औं संस्करणको पल्सर अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ ।
सहप्रायोजकहरूमा सूर्य नेपाल प्राली, ईसेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल गु्रप, सुबिसु र न्यु होराइजन कार्पेट इन्डस्ट्री छन् । सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







