सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घट्यो


     एभरेस्ट आवाज    
     फागुन २४ गते २०७९ मा प्रकाशित




सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

साताको चौथो दिन आज सुनको भाउ तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि तोलामा तीन सय रुपैयाँले घटेको सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।