पोखरा । पोखरा १५ स्थित नागबेलीमार्ग सृजनशिल आमा समूहले ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।
समूहले दिवसको अवसरमा अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम कार्यक्रम गरेको हो । समूहका अध्यक्ष विष्णु कुमारी खाँण (सफि)को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जीवनी श्रेष्ठ, सचिव प्रतिक्षा कार्की, कोषाध्यक्ष सविना बराल सुवेदी लगायतले महिला अधिकारका बारेमा बोलेका थिए ।
साथै सो अवसरमा समूहमा नवप्रवेशी सदस्यहरुलाई स्वागत गरिएको थियो । समूहमा १०२ जना सदस्य छन् ।
महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ ।
यस वर्ष अन्तराष्ट्रिय नारी दिवस ‘डिजिटल ः आविष्कार र प्रविधिमा लैंगिक समानता’ नाराका साथ मनाइएको छ । प्रविधिमा समानता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने संयुक्त राष्ट्र संघले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







