राष्ट्रपति निर्वाचन: मतदान अन्तिम चरणमा , ८१३ मत खस्यो


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७९ मा प्रकाशित




काठमाडौं । नयाँ राष्ट्रपति पदको निर्वाचनमा बिहीबार दिउँसो १ः४५ बजेसम्म आठ सय १३ जनाले मतदान गरेका छन् । जसमा प्रदेशतर्फ पाँच सय १५ र संघतर्फ दुई सय ९७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ।

संघीय संसद र प्रदेश सभा सदस्य गरी ८ सय ८१ जना मतदाता रहेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।