कांग्रेस सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको राजीनामा स्वीकृत


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।

वरिष्ठ नेता पौडेल फागुन २५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको राजीनामा आज स्वीकृत गरेका हुन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले कांग्रेसमा लामो समयसम्म आबद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी सङ्गठनमा नेता पौडेलले पु¥याएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गरेका छन् ।

सभापति देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुने विश्वास लिँदै सम्माननीय राष्ट्रपतिलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।