पोखरा, फागुन २९
नृत्य प्रतिभा खोज्न एसईई डान्स च्याम्पीयनसीप सिजन फोर हुने भएको छ । देशभरिका नृत्य प्रतिभालाई प्लेटफर्म दिएर उत्कृष्ट ३० जनालाई दश जोड दुई (प्लस टु)मा छात्रवृत्ति दिने उद्देश्यले सन २०१८ बाट शुरु भएको एसईई डान्स च्याम्पीयनसीपको चौथो श्रृङ्खला हुने भएको हो । च्याम्पीयनसीप आउँदो असार पहिलो हप्ता गर्ने तयारी गरिएको आयोजक बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमीका कन्सेप्ट डाईरेक्टर तथा डान्स डाईरेक्टर महेश गोदारले जानकारी दिए । गोदार नेपाल टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘छमछमी’का जज हुन् ।
तीन चरणमा हुने एसईई डान्स च्याम्पीयनसीपको पहिलो चरणमा प्रि–अडिसन, दोश्रो चरणमा प्रदेश फिनाले र अन्तिममा ग्राण्ड फिनाले हुने गोदारले जानकारी दिए । गण्डकी प्रदेशमा च्याम्पीयनसीपको प्रि–अडिसन बैशाख पहिलो हप्ता हुने उनले बताए । त्यसपछि जेठ अन्तिममा गण्डकीको फिनाले हुने र असार पहिलो हुने उनको भनाई छ । ‘असार २३ गते राष्ट्रिय नाचघरमा ग्राण्ड फिनाले गर्ने हाम्रो तयारी छ’–उनले भने ।
हिसान, प्याव्सन र एन्प्याव्सनसँगको सहकार्यमा हुने च्याम्पीयनसीपमा उत्कृष्ट ३० मा पर्ने प्रतियोगी विद्यार्थीहरुलाई प्लस टु मा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने गोदारले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई पचास हजार, तृतीय हुनेलाई ३० हजार प्रदान गरिने उनले बताए ।
आयोजक बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमीका कन्सेप्ट डाईरेक्टर तथा डान्स डाईरेक्टर गोदारले डान्स कला भएकाले यसको भविष्य राम्रो रहेको बताए । ‘कला प्रस्फुटन गर्न सकियो भने यसलाई नै करियर बनाउन सकिन्छ । यहि कुरा बुझाउँदै डान्स गरेरपनि छात्रवृत्ति पाईन्छ र यसमार्फत नृत्य शिक्षालाई स्थापित गर्नका लागि च्याम्पीयनसीपलाई अभियानका रुपमा अगाडि बढाउने प्रयास गरिरहेका हौं’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







